८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बुटवलमा मालपोतका खरिदार र लेखापढी व्यवसायी घुससहित नियन्त्रणमा



बुटवल ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले मालपोत कार्यालय बुटवलका खरिदार र लेखापढी व्यवसायीलाई सेवाग्राहीबाट घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ। अख्तियारले मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेलाई १ लाख २० हजार घुस सहित नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।

बिहीवार मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल(पाण्डे लेखापढी सेवामा सेवाग्राहीसँग नामसारी र लालपूर्जा बनाइदिने भन्दै १ लाख २० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

प्रकाशित मिति : १२ भाद्र २०७६ बिहिबार ००:००  ६ : ०१ बजे