८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अफगानिस्तानको १८ वर्षे युद्ध टुंगिएला ?



काबुल ।
अफगानिस्तानमा १८ वर्षदेखि चल्दै आएको लडाईं अब चाँडै टुंगिने अवस्थामा पुगेको अनुमान गरिएको छ । अफगानिस्तान मामिलाको समाधानको लागि कतारमा अमेरिका र तालिवानबीच लामो समयदेखि वार्ता चल्दै आएको थियो ।
शान्ति वार्ता सफल भएमा अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिनेछ । शान्ति वार्तामा तालिवानले अफगानिस्तानमा अबदेखि हमला नगर्ने र अल कायदा जस्तो आतंककारी संगठनको पछि नलाग्ने प्रतिबद्धता समेत जनाउनेछ ।
यही विषयलाई लिएर अमेरिका र तालिवानबीच एक वर्षदेखि शान्ति वार्ता चलिरहेको छ । गएका १८ वर्षमा सबै पक्ष सहमत भएको एउटा कुरा भनेको अफगान मामिलामा सैन्य समाधान सम्भव छैन भन्ने हो । यद्यपि अफनानिस्तानमा अहिले पनि नियमित रुपमा विभिन्न आक्रमणका घटना भइरहेका छन् । (बीबीसी)

प्रकाशित मिति : १२ भाद्र २०७६ बिहिबार ००:००  ९ : ४१ बजे