३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

एसियाका १३ मनोरम शहरको सूचीमा नेपालको घान्द्रुक पनि



काठमाण्डौ ।
विश्वप्रख्यात समाचार संस्था सीएनएनले एसियाका मनोरम १३ शहरको सूचीमा नेपालको घान्द्रुकलाई पनि समावेश गरेको छ । सीएनएन ट्राभलले बुधबार प्रकाशित गरेको सूचीमा नेपालको घान्द्रुक पनि परेको हो ।

पोखराबाट पाँच घन्टाको ट्रेकिङपछि घान्द्रुक पुग्न सकिने भन्दै सीएननले घान्द्रुकलाई मध्य नेपालको सुन्दर ठाउँ भनेको छ । परम्परागत शैलीका कलात्मक चिया घर, यहाँको चालचलन, पहाडको टुप्पोमा रहेका मन्दिर, स्थानीय परिकारलगायतको पनि सीएनएन ट्राभलले प्रशंसा गरेको छ । सीएनएनले नेपालको सुन्दर हिमाली क्षेत्र र घान्द्रुकको भिडियो पनि वेबसाइटमा राखेको छ । साथै सीएनएन घान्द्रुकमा गुरुङ समुदायको जीवनशैली र संस्कृति पनि नजिकबाट नियान्ल सकिने बताएको छ ।

सीएनएनको त्यो सूचीमा भियतनामको होइ एन, जापानको युफुइन, मलेसियाको जर्ज टाउन, फिलिपिन्सको सिटी अफ् भिगन, लाओसको लुआङ प्रबाङ र कम्बोडियाको काम्पोट पनि रहेका छन् ।

त्यस्तै इन्डोनेसियाको कोटा गेडे, श्रीलंकाको गल्ले, चीनको जोजुवाङ, भारतको मलिननोङ, हङकङको साइ कुङ तथा थाइल्याण्डको फुकेट पनि सीएनएनको सूचीमा परेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६ बुधबार ००:००  ३ : ३७ बजे