मायादेवी अनलाइन, कपिलवस्तु ।
हिन्दुहरुको महत्वपूर्ण पर्व कृष्णजन्माअष्टमी पर्वका अवसरमा कपिलवस्तुका दुई स्थानीय तहले विदा दिएका छन् । भगवान श्रीकृष्ण जन्मिएको खुसीयालीमा शुक्रबार देशभर यो पर्व मनाईदै छ । मधेसी समुदायको बाहुल्यता भएका महाराजगञ्ज र कृष्णनगर नगरपालिकाले विदा दिएका हुन् ।
प्रदेश सरकारले नै आजको दिन सार्वजनिक विदा दिने अपेक्षा गरिए पनि प्रदेश सरकारले विदा दिएको छैन् । जनै पूर्णीमामा पनि प्रदेश सरकारले विदा दिएको थिएन् । यद्यपि महाराजगञ्ज नगरपालिकाले जनै पूर्णीमामा पनि विदा दिएको थियो । यसमा मुसलमान समुदायका अब्दुल कलाम नगर प्रमुख हुनुहुन्छ ।
विहीबार दुवै स्थानीय तहले एक विज्ञप्ति निकालेर विदा दिने निर्णय गरेका हुन् । हिन्दुहरुको महत्वपूर्ण पर्व भएकोले स्थानीय विदा दिएको विज्ञप्तिमा उल्लेख छ । १० स्थानीय तह रहेको जिल्लाका अरु स्थानीय तहले भने विदा दिएका छैनन् । यी दुई स्थानीयले तहले विदा दिएपछि सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा भएको छ ।
६ भाद्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया