मायादेवी अनलाइन, वाणगंगा ।
युवा तथा खेलकुद विभाग कपिलवस्तुको सचिवमा छविलाल रेश्मी मगर चयन हुनुभएको छ । बुधबार जीतपुर चारनम्बरमा भएको विभागको बैठकले मगरलाई सचिवमा चयन गरेको हो । मगर पूर्व एमालेबाट दुई कार्यकाल जिल्ला सदस्य भएर काम गरिसक्नुभएका युवा नेता हो ।
नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको प्रमुख आतिथ्यतामा भएको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । जसमा आगामी तीन महिना भित्र युवा भेला आयोजना हुनेछ । त्यसका लागि महादेव पोख्रेलको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरिएको छ ।
यस्तै बेरोजगार युवाहरुको डाटा संकलन, युवाहरुको पहिचानका लागि टोपनारायण बेल्वासेको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरिएको छ भने समग्र खेलकुद गतिविधि, खेलाडी पहिचानका लागि छविलाल रेश्मी मगरको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरिएको छ ।
युवा तथा खेलकुद विभागका प्रमुख चक्रपाणी अर्यालको अध्यक्ष्यतामा बसेको बैठकमा नेकपाका नेता डम्मर शर्मा लगायतको उपस्थिती रहेको थियो । पूर्व एमाले र माओवादी केन्द्र बीच भएको पार्टी एकता पछि बनेको नेकपा कपिलवस्तुमा पार्टीका काम धमाधम सञ्चालन भैरहेका छन् ।
५ भाद्र २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया