काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता हुँदै छ । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले बिहीबार बिहान १० बजे राष्ट्रपतिलाई भेट्न लागेका हुन् ।
त्यसअघि जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्नेछन् । बुधबार काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर उनी नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए । बैठक होटल याक एण्ड यतीमा बिहीबार पनि जारी रहन्छ ।
नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री भएपछि पहिलोपटक नेपाल आएका जयशंकर बिहीबार दिउँसो ३ बजे स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया