काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन् ।
बुधबार काठमाडौमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले बाहिरका रोग खसी बोकाका माध्यमबाट नेपालमा भित्रने हुँदा रोक लगाउने बताए ।
नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएकोले खसीबोका आयात रोक्न नसके पनि उत्पतिको प्रमाण र निरोगिताको प्रमाण नभई नेपाल भित्रन नदिने चेतावनी दिए ।
मन्त्री खनालले संसारभरिका रोग हुल्ने गरि नेपालमा स्वस्थ परीक्षण नगरी खसीबोका ल्याउन नदिने बताए। कार्यक्रममा मन्त्री खनालले निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यवसायीले घेराबन्दी गर्न खोजेको बताए । उनले भने, ‘ केही व्यवसायीहरुले अनौपचारिक रुपमा दशैँमा त देख्लास् भनेर धम्की दिए ।’
मन्त्री खनालले हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भन्दै उत्पादनमा जोड दिएर र स्वस्थकर खान सकिने बताए ।
कार्यक्रममा हेफर नेपालले विराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ वटा आधुनिक बधशाला निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ ।
त्यसका लागि भौतिक संरचना निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट ३२ करोड र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवसायीको तर्फबाट २२ करोडभन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको हेफरले जनाएको छ ।
५ भाद्र २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया