९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतीय सवारीलाई भन्सारमा कडाई गरेकोमा कांग्रेस कपिलवस्तुको आपत्ति



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तुले सरकारले भारतीय सवारी साधनलाई भन्सारमा कडाई गरेकोप्रति आपत्ति जनाएको छ । सिमा क्षेत्रको पारस्परिक सम्बन्धलाई नजर अन्दाज गरी भारतीय सवारी साधनलाई भन्सारमा कडाई गरेको प्रति कांग्रेसले आपत्ति जनाएको हो ।
कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले एक विज्ञप्ति जारी गरी यो निर्णयलाई पुर्नविचार गर्न आग्रह गर्नुभएको छ । यदी यो निर्णयलाई पुर्नविचार नगरिए नागरिक स्तरमा हुने आन्दोलनलाई कांग्रेसले समर्थन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
“मित्र राष्ट्र भारतसंग नेपालको सदियौं देखिको रोटीबेटीको सम्बन्ध छ, दुई देश बीचको पारस्पारिक सम्बन्धकै कारण आर्थिक सांस्कृतीक, परम्परा मिल्नु, भेटघाट, विहेवारी र आवातजवात हुन स्वभाविक हो कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।”

No photo description available.

प्रकाशित मिति : ४ भाद्र २०७६ बुधबार ००:००  ७ : १८ बजे