९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पश्चिम नवलपरासीको सुस्तालाई एम्बुलेन्स हस्तान्तरण



नवलपुर ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले बुधबारदेखि एम्बुलेन्स सेवाको सुरुवात गरेको छ । प्रदेश ५ सरकारले सामाजिक विकास मन्त्रालयको सहयोगमा एम्बुलेन्स खरीद गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमको व्यवस्थापनमा बुधबार सदरमुकाम परासीमा औपचारिक कार्यक्रमको आयोजना गरी प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरणपछि मन्त्री बरालले जनाताको स्वास्थ्य शिक्षाको क्षेत्रमा अनवरत रुपमा सेवा सुविधा पुर्याउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । यस्तै प्रदेश मातहतमा रहेका विभिन्न अस्पतालहरुको स्तर बृद्धि गर्दै दक्ष चिकित्सकको व्यवस्थापन गर्ने उनले बताए ।
त्यसैगरी इन्जिनियरिङ्ग, एम.ए . सि., कानुनको माथिल्लो तहको एल एल बी। जस्ता शिक्षा प्रदेशभित्र संचालन गर्न कार्ययोजना निर्माण गरिने उनले बताए ।
सुस्ता गाउँपालिकासँगै विनयी त्रिवेणी गाउँपालिकाको ६ र ७ वडा र प्रतापपुर गाउँपालिकाको केही स्थानीय एम्बुलेन्स सेवाबाट लाभान्वित हुने सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।
नयापत्रिकादैनिकबाट-

प्रकाशित मिति : ४ भाद्र २०७६ बुधबार ००:००  २ : ४९ बजे