मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नपा वडा नं. २ पिपरामा अवस्थित जनता मावि पिपरा आज (बुधबार) बन्द हुने भएको छ । भदौ २ गते विद्यालयकी छात्रा सर्पदशंबाट मृत्यु भएपछि बुधबार विद्यालय बन्द गरिएको हो ।
कक्षा ४ मा अध्ययनरत छात्रा जानकी थारुको सर्पको डसाईबाट ज्यान गएको थियो । विद्यार्थीको निधनप्रति विद्यालयले गहिरो दुख व्यक्त गरेको छ । विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले शोक बक्तव्य जारी गर्दै विद्यार्थीको निधनले सिंगो विद्यालय मर्माहत भएको भन्दै मृतकका परिवाजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
विद्यार्थी थारुको निधनका कारण आज एक दिन विद्यालय बन्द गरिने हुँदा सम्पूर्णलाई विद्यालयमा उपस्थित नहुन विद्यालयले सबैमा अनुरोध गरेको छ ।
४ भाद्र २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया