९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शेखर गोल्छाको चेतावनीः ‘मलाई कमजोर नठानियोस, स्वार्थ पूर्तीका लागि विधान शंशोधन हुँदैन’



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले संघको विधान शंशोधनबारे आएका पछिल्ला बिषयमा कडा अभिव्यक्ति दिनुभएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको मंगलबार सम्पन्न १३ औँ साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटनमा आउनुभएका गोल्छाले सार्वजनिक कार्यक्रममा यस विषयमा पहिलो पटक कडा अभिव्यक्ति दिनुभएको हो ।
अघिल्लो पटकको केन्द्रिय अधिवेशनमा वरिष्ठ उपाध्यक्ष स्वतहः भावी अध्यक्ष बन्ने विधान भएकोले यसपालि पनि त्यही नियम लागुहुनुपर्ने बताउनुभयो । महासंघका कतिपय व्यक्तिले विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतहः अध्यक्ष बनाउन नहुने धारणा राख्दै आएका छन् ।
तर महासंघको केन्द्रिय अधिवेशन आउन थालेको अवस्थामा अहिले पूर्व सहमतिविपरित संघको विधान संशोधनको कुरा उठेकाले त्यो कुरा आफूलाई कुनैपनि हालतमा मान्य नहुने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष स्वतहः अध्यक्ष हुने प्रावधान अनुसार आफू चुनाव लडेको भन्दै उहाँले आक्रोशित हुँदै भन्नुभयो– ‘नीहित स्वार्थको लागि विधान जस्तो कुरामा तोडमोड गरिन्छ भने मलाई कुनै हालतमा मान्य हुने छैन् ।’
उहाँले आफूलाई कसैले कमजोर ठानेको छ भने त्यो सोच नपाल्न चुनौती पनि दिनुभयो । उहाँले जे हुन्छ उदयोगी र मुलुकको हितमा हुन्छ । कसैको ब्यक्तिगत स्वार्थ पुरा गर्न संघको धर्ममाथि प्रहार गर्न पाईदैन । विधानको कुरा आउँछ भने मेरो कुरा पनि आउँछ, म त्यही विधानमा टेकेर चुनाव लडेको थिएँ । मलाई देशभरका ब्यावसायीले भोट गरेर वरिष्ठ उपाध्यक्षमा जिताउनु भएको थियो । अब अध्यक्ष बन्ने पालो मेरो हो उहाँले भन्नुभयो ।
आफ्नो पक्षमा देशभरका उद्योगी ब्यावसायी रहेको हुँदा आफू डटेर लड्ने उहाँको चेतावनी छ । मञ्चमा विधान संशोधनको बारे कुरा सुनेर बस्नुभएका व्यावसायीलाई यसबारे प्रष्ट हुन आग्रह गर्दै कुनै व्यक्तिलाई खुसी पार्न विधान संशोधन हुन नसक्ने बताउनुभयो । कार्यक्रममा गोल्छाले यसो भनिरहदा अध्यक्ष भवानी राणा गम्भिर हुँदै सुन्नुभएको थियो । राणाले पनि कार्यक्रममा सम्बोधनका क्रममा सम्बोधनको क्रममा घुमाएर गोल्छाको ‘सर्पोट’ गर्नुभएको थियो । विधान संशोधनबारे अन्य उद्योगी व्यावसायीले पनि गोल्छाको पक्षमा बोलेका थिए ।
यस्तै गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघ साना तथा मझौला उद्योगीहरुको संघ भएकाले साना व्यावसायीको हितमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला नगर उपाध्यक्ष किशोर श्रेष्ठले भने यस विषयमा कुनै मुख खोल्नुभएन । मञ्चमा यसको पक्ष र विपक्षमा कुरा सुनेपनि उहाँले सरकार र उद्योगी व्यावसायिको गतिविधिका बारेमा बोल्नुभएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७६ मंगलबार ००:००  ८ : ०९ बजे