दाङ ।
दाङमा प्रहरीले ठूलो मात्रामा स्रोत नखुलेको भारतीय रकमसहित मंगलबार पाँच जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले भारतीय १५ लाख ८९ हजार पाँच सय ८० रुपैयाँसहित दुई महिला र तीन पुरुषसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कोहलपुर नगरपालिका वडा नं-२ प्रेमनगरका ४० वर्षीय शसे बिक, बारेकोट गाउँपालिका वडा नं-८ जाजरकोट का २७ का शिव सिंं, तुलसीपुर उपमहानगपालिका वडा नं-५ बरुवाकी २७ वर्षीया हिरा विक, त्रिवेणी गाउँपालिका वडा नं-९ का ४३ वर्षीय प्रकाश केसी र कोहलपुर नगरपालिका वडा नं-२ की ३४ वर्षीया मनकुमारी खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।
पाँचै जनालाई लमही नगरपालिका वडा नं-९, जलकुण्डीमा बस चढ्ने क्रममा गरिएको उनीहरुबाट बरामद रकम बुद्धको मूर्ति भारतमा लगेर बिक्री गरेबापत आएको प्रारम्भिक बयानमा पत्ता लागेको प्रहरीले जनाएको छ । उनीहरुका बारेमा अनुसन्धान भइरहेको गरिरहेको छ ।
३ भाद्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया