काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने तथा आउँदो उपनिर्वाचनका विषयमा छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो।
बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गत वर्षको चैत २७ देखि पदाधिकारीविहीन छन्। पदाधिकारी नहुँदा उजुरीहरू पनि अलपत्र छन्।
बैठकमा यी विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकमा मंसिरमा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ। बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने चार दलका प्रतिनिधि रहेका छन्।
प्रतिक्रिया