९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सिंहदरबारमा आत्महत्या गरेका नासुको सुसाइड नोटः म कसैका कारणले मरेको होइन



काठमाडौं ।
पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोका कारण अहिले रवि लामिछानेसहित तीन जना प्रहरीको हिरासतमा छन्।
भिडियोमा पुडासैनीले आफुलाई मर्न बाध्य बनाएको भन्दै रविसहित तीन जनालाई हदैसम्मको सजाय माग गरेका छन्। रविलाई फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले हरेक दिनजसो प्रदर्शन गरिरहेको बेला सिंहदरबारभित्र मंगलबार बिहान एक सरकारी कर्मचारी मृत फेला परेका छन्।
नायब सुब्बा बच्चराम केसी राष्ट्रिय योजना आयोगको कार्यालयभित्र मृत भेटिएका थिए। विषको सिसी र सुसाइड नोट फेला परेकाले केसीले आत्महत्या गरेको आशंका प्रहरीको छ। प्रहरीका अनुसार ५५ वर्षीय केसी राष्ट्रिय योजना आयोगमा लामो समयदेखि कार्यरत थिए प्रशासन विभागमा।
प्रारम्भिक अनुसन्धानमा केसी सोमबार रातीदेखि नै राष्ट्रिय योजना आयोगकै कार्यालयमा थिए। ‘ राती १० बजे केसी सिंहदरबारको गेटमा भित्रबाहिर गरिरहेको सिसिटिभी फुटेजबाट देखिन्छ। उनी पहिला पनि अफिसियल कामले राती कार्यालय बस्ने रहेछन्’, काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले भने।
केसीको खल्तीमा भेटिएको सुसाइड नोटमा आफु कसैका कारणले नमरेको र कसैलाई पनि दोष नलगाउन उल्लेख भएको प्रहरीले जनाएको छ। केसी काठमाडौंको टौदह निवासी हुन्।

प्रकाशित मिति : ३ भाद्र २०७६ मंगलबार ००:००  ५ : ०१ बजे