काठमाडौँ ।
सांसदहरुले पत्रकार शालिकराम लामिछानेको आत्महत्याको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सत्तापक्षकै सांसदले मृत्यको विषयमा निष्पक्ष छानबिन गर्न सुझाव दिएका हुन्। लामिछानेको आत्महत्या गर्न पूर्वसहकर्मी रवि लामिछानेले बाध्य पारेको भन्ने भिडियो सार्वजनिक भएपछि रविलाई पक्राउ गरेर चितवन जिल्ला प्रशासन कार्यालयमा राखिएको छ।
सर्वसाधरणले रविलाई नियोजित रुपमा फसाउन खोजेको भन्दै दैनिक जसो चितवनमा प्रर्दशन गर्न थालेपछि सांसदहरुले घटनाप्रति गम्भीर हुन र सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका हुन्।
संसदको विशेष समयमा नेकपाका सांसद नारायण खतिवडाले शालिकरामले आत्महत्या गरेको विषयले असामान्य रुप लिँदै गएकाले गम्भीर हुन सरकारलाई सुझाव दिए। ‘पत्रकार सालिकराम पडासैनीले आत्महत्या गरेपछि रवि पक्राउ परेका छन्। जसले चितवनमा दिनदिनै प्रदर्शन हुन थालेको छ। यसलाई सरकारले ध्यान दिओस्।’ त्यस्तै सांसदहरु शान्ता चौधरी र हितबहादुर तामाङले चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे।
‘को दोषी को निर्दोष भन्ने विषय अनुसन्धानपछि मात्र बाहिर आउँछ। अहिले नै अनुसन्धानलाई प्रभावित पार्न खोज्ने प्रवृत्तिलाई सही मान्न सकिँदैन, चौधरीले भनिन्। सांसद हितबहादुर तामाङले चितवनको सडकमा गैर कानुनी नारा लागिरहेकाले त्यसलाई नियन्त्रण गर्न सरकारलाई आग्रह गरे।
प्रतिक्रिया