९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

६० वर्षीय बाबुले गरे ११ बर्षकी छोरी बलात्कार



बुटवल ।

नवलपरासी जिल्लामा ६० बर्ष उमेरका ठुला बाबुले ११ वर्षीया भाईकी छोरीलाई बलात्कार गरेका छन् । बाबु–आमा दुबै सम्पर्कविहिन भई  बेसहारा बनेकी ११ वर्षीया बालिका विवसता–२  (नाम परिवर्तनलाई ) आफैले संरक्षण दिएर राखेका जेठा बाबु सुनवल नगरपालिका वडा नम्वर ४ का  ६० बर्षीय कलंकराम (नाम परिवर्तन)  गत एक महिनादेखि  बलात्कार गर्दै आएको आरोपमा सोमबार पक्राउ परेका हुन् ।

नवलपरासीका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्र थापाका अनुसार उनले पैसाको प्रलोभन समेत देखाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए । उनलाई आजै जबरजस्ती करणीको मुद्धा दायर गरि अनुसन्धान  थालिएको छ । –रातोपाटीबाट

प्रकाशित मिति : २ भाद्र २०७६ सोमबार ००:००  ७ : ४६ बजे