काठमाडौं ।
नेपाली कांग्रेस चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणको गम्भीररुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ ।
कांग्रेसले सोमबार प्रेषित गरेको विज्ञप्तिमा निर्दोष जेल पर्ने र दोषी छुट्ने काम हुन नहुने स्पष्ट पारेको छ। नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा चितवनको पछिल्लो जनप्रदर्शनले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको देखाएको जनाइएको छ।
यस्तै, पछिल्ला प्रदर्शनमा सरकार र सम्बन्धित निकायलाई सचेत रहन पनि अनुरोध गरिएको छ ।
जनताको मौलिक हकहरु कुनै पनि असहज परिस्थितिमा पनि हनन् हुनु हुँदैन भन्दै विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सम्मान हुनुपर्नेमा नेपाली कांग्रेस चितवन दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।
२ भाद्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया