९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पुडासैनीले डोरी किनेको पसल भेटियो



चितवन । 

आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा देखिएको हो । चितवन प्रहरीले श्रेष्ठको पसलको सीसीटीभीको ‘हार्ड्डिस्क’ नै लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार साँझ हार्ड्डिस्क लगेर थप अनुसन्धान थालेको हो ।

नारायणगढ बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे आएका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए । बसपार्क नजिकै सडकको जेब्राक्रस कटेर एक्लै आएका पुडासैनीले डोरी मागेको पसलको सीसीटीभी फुटेजमा देखिएको छ ।लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरको डोरी मागेको भिडियोमा देखिएको चितवन प्रहरी स्रोतले बतायो ।

होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिएको छ । राति ८ बजे खाना खान बोलाउन जाँदा पुडासैनी नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फुटाएर हेर्दा पत्रकार पुडासैनी डोरीको पासोमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६ सोमबार ००:००  ६ : १८ बजे