९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विप्लव समूहद्धारा जग्गा कब्जा



सल्यान ।
विप्लव समूहले सल्यानमा जग्गा कब्जा गरेको छ । छत्रेश्वरी गाउँपालिका-६ मा रहेको खैराबाङ मन्दिरको गूठीको जग्गा कब्जा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन जनपरिषद्ले जनाएको छ ।
गुठीको जग्गा ६ रोपनी रहेको छ । स्थानीय दुर्गाबहादुर बुढाको मकै बारी र खेतमा विप्लव समूहले झण्डा गाढेर गुठीको जग्गा कब्जा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले गुठीको जग्गा भनेर विप्लवले झण्डा गाढेको हुनसक्छ। त्यहाँ गाडेको झण्डा आइतबार झिकिएको हो ।’

प्रकाशित मिति : २ भाद्र २०७६ सोमबार ००:००  ५ : ५० बजे