९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश नम्बर ५ मा ९४.३९ प्रतिशत रोपाई



काठमाडौँ ।

गएको वर्षको तुलनामा यो वर्ष धान रोपाइँ केही कम भएको छ । गएको वर्ष साउन सकिँदा ९५.३९ प्रतिशत क्षेत्रमा रोपाइँ भएकोमा यो वर्ष सोही अवधिमा झण्डै एक प्रतिशत कम अर्थात ९४.४३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको हो ।

प्रदेश अनुसार हेर्दा सुदूर पश्चिम प्रदेशमा गएको वर्ष जस्तै यो वर्ष पनि शतप्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग, बालीविकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।

यस्तै कर्णाली प्रदेशमा ९६.१६ प्रतिशत, प्रदेश नम्बर ५ मा ९४.३९ प्रतिशत, गण्डकी प्रदेशमा ८८.९२ प्रतिशत, प्रदेश तीनमा ९६.९५ प्रतिशत, प्रदेश दुईमा ९३.३१ तथा प्रदेश १ मा ९३.४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६ सोमबार ००:००  ५ : ४९ बजे