नवलपरासी ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीस्थित अरुण खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा १६ घण्टादेखि यातायात अवरुद्ध भएको छ ।
अरुण खोलास्थित पुल भाँचिए पछि विकल्पमा ह्युमपाइप माथि राखिएको ग्राभेल बाढीले बगाए पछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।
बीच बाटामै गाडी रोकिए पछि त्यसमा रहेका हजारौं यात्रु अरुण खोला देखि पूर्व र पश्चिमका जंगलमा अलपत्र परेका छन् ।
प्रहरीकाअनुसार आइतबार साँझ लगातार वर्षाका कारण अरुण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो ।
खोलामा जल सतह घटेपछि अवस्था हेरेर यातायात खुलाउन पहल गरिने बुटवलस्थित डिभिजन सडक कार्यलयले जनाएको छ ।
६ दिनअघि अरुण खोलास्थित पुलमा ट्रक ठोक्किए पछि पुल भाँचिएको थियो । त्यसपछि खोलामा डाइभर्सन बनाएर वैकल्पिक बाटो खुलाइएको थियो ।
२ भाद्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया