दाङ ।
प्रदेश न्मबर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले समयमै काम सम्पन्न गर्न नसक्ने बताएका छन् । दाङको बबई गाउँपालिकाको सभा हल उद्घाटन गर्न गृह जिल्ला दाङ पुरगेका मुख्यमन्त्री पोखरेलले एउटै निर्माण व्यवसायीले धेरै ठाउँमा ठेक्का लिएर विकास निर्माणका काम अस्तव्यस्त पारेको भन्दै त्यसलाई नियमन गर्न प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुने बताए ।
मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले समयमै काम सम्पन्न गर्न नसक्ने ठेकेदारको लाइसेन्स खारेज गर्ने कानुन ल्याउन लागेको जानकारी दिए । पैसाका अभावका कारण कुनै पनि विकास निर्माणका कार्यक्रम नरोकिने बताउँदै उनले २० बर्षदेखी अलपत्र परेको दाङ–सुर्खेत सडकखण्डको स्तरउन्नती अब द्रुत गतिमा अघी बढ्ने बताए । मुख्यमन्त्री पोखरेलले कम्युनिष्ट सरकारले विकासमा चालेको कमदले प्रतिपक्ष दल काँग्रेस आत्तिएको समेत बताएका छन् ।
१ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया