९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेताहरुको वरियता सच्याउन नेकपा नेता खनालको माग



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता झलनाथ खनालले पार्टी नेताहरुको वरियता मिलाउनुपर्ने बताएका छन् । खनालले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछिको वरियतामा आफूलाई राख्नुपर्ने माग गरेका छन् । तत्कालीन एमाले र माओवादीच एकता हुँदा माधवकुमार नेपाललाई दोस्रो वरियतामा राखिएको थियो ।
त्यसमा खनालको असहमति छ । शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्षद्धयले यसलाई एजेण्डा बनाउने आश्वासन दिएपछि नेकपामा वरियता विवाद ब्युँझिएको छ । संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै नेता खनालले भने, जति जथिबेला पार्टी एकता भयो, त्यो बेलामा यो बेठिक भयो । पद्धतिसंगत भएन । वरियतालाई तलमाथि गर्नु हुँदैन भनेर मैले सुरुमा नै असन्तुष्टि राखेको हो ।’ उनले अघि भने, ‘अब सच्याउने विन्दु आइपुगेको छ । सबैले हार्दिकतापूर्वक लिएर सच्याउनुपर्छ ।’

प्रकाशित मिति : १ भाद्र २०७६ आइतबार ००:००  ४ : ५६ बजे