धनगढी ।
कञ्चनपुरमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–११ का १९ वर्षीय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेश ऐर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय झलारीको टोलीले शनिबार बेलुका पक्राउ गरेको प्रहरी निरीक्षक नैनसिंह साउँदले जानकारी दिए ।
साउदका अनुसार आरोपितहरुले शुक्रबार राति युवतीलाई घरबाट बाहिर बोलाएर खोलाको किनारामा लगी बलात्कार गरेका थिए । घटनामा ५ जनाको संलग्नता रहेको र अन्य ३ जनाको खोजी भइरहेको साउदले बताए ।
१ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया