२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

कपिलवस्तु जिल्ला अदालतमा लक्ष्य अनुसार मुद्दा फर्छौट भएन



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु जिल्ला अदालतमा लक्ष्य अनुरुप मुद्दा फर्छौट हुन सकेन् । अदालतले ७० प्रतिशत लक्ष्य लिएकोमा गत आर्थिक बर्ष २०७५÷०७६ मा बर्षमा ६९ दशमलव ९ प्रतिशत मात्र मुद्दा फर्छौट भएका छन् । अदालतका नासु हरि प्रसाद पन्थीका अनुसार कुल ३ हजार ३९ मुद्दा थिए ।
गत आबमा कुल २ हजार १२० मुद्दा दर्ता भएको थियो भने अघिल्लो आर्थिक बर्षमा ९ सय १९ जिम्मेवारी सरेर आएको थियो । अनुमान गरिएको भन्दा बढी मुद्दा परे पछि लक्ष्य अनुसार काम हुन नसकेको नासु पन्थीले बताए ।
अदालतमा १ हजार ६८२ मुद्दा पर्ने अनुमान थियो । कुल १ हजार ९११ मुद्दा फर्छौट भएको र १ हजार १२८ मुद्दा फर्छौट नभई जिम्मेवारी सरेको पन्थीले बताए । गत बर्ष देवानी १ हजार ४५८, दुनियाबादी फौजदारी ३ सय २४, सरकारबादी फौजादारी २ सय ७२, देवानी पुनराबेदन ११, फैजदारी पुनराबेदन १३, बन्दी प्रत्यक्षीकरण ४ र निषेधाज्ञा ३८ वटा परेको थियो । यस्तै अदालतमा २ बर्ष नाघेका २, १८ महिना नाघेका २१, १ देखि १८ महिनाका ९४ मुद्दा छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६ आइतबार ००:००  ८ : ४० बजे