पाल्पा ।
पाल्पामा रोपाइँजात्रा मनाइएको छ । असारमा धान रापाइ गरेपछि मनाइने यो जात्रा नेवार संस्कृतिबाट सुरू भएको हो । पाल्पाको तानसेन, नायर, रामपुर, सराई लगायतका स्थानमा शनिबार जात्रा निकालेर मनाइएको हो ।
परम्परागत रुपमा निकालिदै आएको रोपाइँ जात्रा यसपटक पनि परम्परा धान्ने काम भएको छ । पश्चिम पहाडको मौलिक पर्वका रुपमा रहेको रोपाइँ जात्रामा धान रोप्दा गरिने क्रियाकलाप झल्काउने खालको अभिनय गरिन्छ ।
अघिअघि गोरु हली अनि पछि पछि रोपारले हिलोमा धान रोपेको अभिनय गर्दै रोपाइँ निकालिन्छ । जात्रा हेर्न चोकचोकमा भीड लागेको थियो ।
धान रोप्ने काम सकिएको खुसियालीमा मनाइने यो जात्रामा रोपाइँमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइँ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ असारे गीत गाउदै र नाच्दै रमाईलो गर्दछन् ।
प्रतिक्रिया