९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वैरियामा निशुल्क कोरियन थेरापी, ढाड लगायतका विरामीहरुको थामि नसक्नु भीँड



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा पहिलो पटक भित्रिएको कोरियन थर्मल थेरापी नयाँ तथा पुराना रोगीहरुको लागि अचुक औषधी बन्दै गएको छ । बाणगंगाको वैरियामा एच वान् गौतम बुद्ध हेल्थ केयर प्रालि स्थापना गरी थेरापी सुरु भएदेखि अहिलेसम्म सयौँले थेरापी गरेका छन् । कोरियन थर्मल थेरापी मेसिनबाट ढाडको थेरापी गरी शरीरका सम्पूर्ण रोगहरुको निशुल्क उपचार गरिने भएकाले दिनप्रतिदिन मानिसको भीँड बढेको हो ।
थेरापी गर्नको लागि यस क्षेत्रका सांसददेखि जनप्रतिनिधि, उद्योगी ब्यापारीहरुकोे विहाननैदेखि भीँड लाग्ने गरेको एच वान् प्रालिका प्रबन्ध निर्देशक राजन भुसालले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । कोरियामा सफल भएको, नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सर्टिफाइड गरेको उपचार पद्धतीलाई कपिलवस्तुमा ल्याएर निशुल्क सेवा दिन पाउँदा एच वान परिवार निकै खुसी भएको भुसालले बताउनुभयो ।
थेरापी गर्न बालबच्चादेखि वृद्धवृद्धासम्मका ब्यक्तिको भीँड लाग्ने गरेको छ । थेरापी सेवाबाट धेरै नयाँ तथा विरामीहरु निको भएको स्वयम् बताउँछन् । बाणगंगा ४ झुँगाबाट दैनिक २ किलोमिटर पैदल हिँडेर नियमित सेवा लिनुभएका ७५ बर्षिय खिमानन्द शर्माले अहिले आफुलाई धेरै हदसम्म निको भएको अनुभव सुनाउनुभयो । हामी एचवान कार्यालयमा पुग्दा उहाँले खुसी हुँदै भन्नुभयो–“म मुख्य गरी ढाडको विरामी हुँँ । त्यसको साथमा घुँडा दुख्ने, गानो गोला, खाना अपच हुने, खुट्टाहरु पोल्ने समस्या थियो । अहिले नियमित रुपमा थेरापी गर्न लागेदेखि धेरै कुरामा राहत महसुस गरेको छु ।” उहाँले थप्नु भयो– “केही महिना थेरापी गर्न पाए सबै रागबाट मुक्ति पाउँछु कि भन्ने विश्वास छ । बल्ल आउन थालेको ८ दिन भयो । मलाई निकै अचुक औषधी लागिरहेछ छ थर्मल थेरापी ।”
बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विष्णु गिरी पनि थेरापी लिन सुरु गरेदेखि खुसी हुने गरेको सुनाउनुभयो । उहाँले आफ्नो हल्का ढाड दुख्ने समस्या भएकाले थेरापीको लागि आएको बताउनुभयो । संचारमाध्यममा यसको बारेमा सुनेदेखि आफु नियमित थेरापी गर्न जान थालेको बताउनु भयो ।” उहाँले भन्नुभयो– “जनप्रतिनिधि भएकाले दिनभरी जनताको सेवा गर्दा बेक्सरी थकान हुन्छ । साँझ, गएर थेरापी गर्दछु । रातभरी मस्त निद्रा पनि लाग्दछ । आफ्नो ढाडको सम्स्या पनि विस्तारै कम हुँदै गरेको महशुस गरेको छु ।”
उक्त सेवाबाट कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, समाजसेवी दोलखराम घिमिरे, संचारकर्मी मनोज थापा लगायतले पनि थेरापी मोटा, पातला, नयाँपुराना जिर्ण रोगी, हाड जोर्नी तथा नसा रोगीको लागि अचुक उपाय हुन सक्ने भएकाले सक्दो लाभ लिन सबैलाई आग्रह गर्नुभयो ।
यस्तै अन्य ब्यक्तिले पनि आफूहरु सन्चो हुँदै गएको बताएका छन् । सो थेरापीबाट अनिद्रा, मोटोपना घटाउने, शारीरिक तथा यौन शक्तिको वृद्धि, सुगर, हर्मोन गडबडी, मानसिक तनाव, स्मरण शक्तिको क्षयीकरण इत्यादी समस्या भएकाहरुले धेरै लाभ लिन सक्ने परिचारिका देवी श्रेष्ठले बताउनु भयो ।
वैरिया शाखाका प्रबन्ध निर्देशक राजन भुसालले आफुहरु जनताको सेवा गर्न कपिलवस्तुमा आएको भन्दै सबैलाई अधिकतम सेवा लिन आग्रह गर्नुभयो । उहाँका अनुसार दैनिक रुपमा साठी÷सत्तरी जना थेरापी गर्न आइरहेका छन् । उहाँले भन्नुभयो, “कहिलेकाही त थेग्न गारो भइरहेको छ । एकै दिन सय जना सम्मको उपचार गर्दछौँ ।” उहाँले यो प्राकृतिक उपचार पद्धती भएकाले प्रालिलाई अस्पतालको रुपमा नबुझ्न आग्रह गर्नुभएको छ । प्रालिमा वेल ट्रेन स्वास्थ्य विशेषज्ञको परामर्शपछि मात्र थेरापी गर्न पाइन्छ । भुसालले भन्नुभयो–“हाम्रो शरीरमा धेरै जसो रोगहरुको जरो मेरुदण्ड हो । यसको सही उपचारले मात्र मानिस स्वस्थ रहन सक्छ । हामी अत्याधुनिक कोरियन मेसिनबाट त्यही ढाडको उपचार गछौँ ।”
प्रालिकी अर्की परिचारिका मनिसा क्षेत्रीका अनुसार नयाँ पुराना, ढाड, हाडजोर्नी, नशा, रक्तचापका विरामीको लागि त यो उपचार पद्धती अचुक त हुन्छ नै बिभिन्न रोगहरु नभएका व्यक्तिले पनि धेरै लाभ लिन सक्छन् । यसको कुनै साइड इफेक्ट नभएको हुँदा ढुक्क भएर सेवा लिन प्रालिमा सेवा दिइरहनु भएका सागर आचार्यले आग्रह गर्नुभयो । सो मेसिनले सय मोडहरुमा काम गर्दछ । कम्पनीका प्रमुख जेएन भुसालले अहिले सम्म नेपालका १५ बढी स्थानमा यसका शाखाहरु विस्तार भैसकेको बताउँदै वैरियाको सेवाबाट आफुहरु खुसी भएको बताउनुभयो ।
अब छिट्टै कपिलवस्तुको पश्चिम शिवराज नगरपालिकाको चन्द्रौटामा पनि शाखा विस्तार गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । अहिले वैरियाको हेल्थ केयरमा ८ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । प्रालिमा १५ बढी मेसिन राखेर विहानदेखि साँझसम्म उपचारको काम भइरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६ शनिबार ००:००  ११ : २३ बजे