९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रेडक्रस बुटवलद्धारा कपडा बैंक स्थापना, सांसद पन्थीले गरे उद्घाटन



मायादेवी अनलाइन, बुटवल ।
रुपन्देहीको बुटवलमा कपडा बैंक स्थापना भएको छ । नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाले शनिबार कपडा बैंकको उद्घाटन गरेको हो ।
कपडा बैंकको उद्घाटन गर्दै प्रदेश सांसद विष्णु पन्थीले यसले व्यापार घाटालाई निरुत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो । कतिपय कपडाहरु किनेर दराजमा थन्काउने, प्रयोगमा नआउने, फाल्न पनि नसकिनेलाई कपडा बैंकले सघाउ पुर्याउने पन्थीले बताउनुभयो ।
कपडा बैंकमा गएर जसले पनि कपडा निशुल्क लैजाने सक्ने उहाँको भनाई छ । बार्षिक करोडौंका कपडा बाहिरबाट आयात भैरहेको बेला प्रयोगमा आएका कपडालाई सदुपयोग गर्नु राम्रो कुरा भएको बताउनुभयो ।

प्रकाशित मिति : ३२ श्रावण २०७६ शनिबार ००:००  ४ : २७ बजे