दाङ ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका रिहारमा शनिबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो।
दाङको घोराहीबाट नेपालगञ्ज जाँदै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाइकल लमही नगरपालिका ९ को रिहारमा दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका ४ कारकाँदोका ४५ वर्षीय रमेश बस्नेतको मृत्यु भएको हो। अर्का घोराही उपमहानगरपालिका ५ धर्नाका विनोद बस्नेतको मृत्यु भएको दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको हो।
मोटरसाइकललाई अर्को कुनै सवारी साधनले ठक्कर दिएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घटनाको प्रकृति हेर्दा पनि त्यस्तो देखिएका प्रहरीको भनाइ छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
३२ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया