एजेन्सी ।
के तपाईहरुले प्लाष्टिकसहितको वर्षा देख्नु भएको छ वा सुन्नु भएको छ।छैन भने यहाँ प्लाष्लिटकसहितको वर्षाबारे जानकारी दिइएको छ। हालसालै अमेरिकामा गरिएको एक अध्ययनअनुसार प्लाष्टिकका कणसहितको वर्षा भइरहेको पाइएको हो।यो सर्वेक्षण अमेरिकी भूगर्भीय सर्वेक्षण र अमेरिकी विभागका वैज्ञानिकहरुले गरेका हुन्।
वैज्ञानिकहरुले नांगो आँखाले प्लाष्टिक देख्न नसकेपछि माइक्रोस्कोप र डीजिटल क्यामेराको माध्यममा वर्षामा प्लाष्टिकको कण भेटेका हुन्। सर्वेक्षणमा ९० प्रतिशत प्लाष्टिकका कण भेटिएका थिए भने जसमा प्लाष्टिक फाइबरको मात्रा बढी थियो। सर्वेक्षणअनुसार ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी मात्रामा प्लाष्टक कण भेटिएको छ।
पहाडी क्षेत्रको समुद्री सतहबाट १०४०० फीटको उचाइमा संकलन गरिएको पानीमा प्लाष्टिकका कणहरु भेटिएका छन्। यद्यपि यो स्पष्ट हुन नसकेपनि प्लाष्टिक कहाँबाट आयो भन्ने कुरा सोचनीय विषय भएको छ।पछिल्लो समयमा प्लाष्टिकको बढ्दो प्रयोग विश्वमै गम्भीर समस्या भएको छ।
प्रतिक्रिया