९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कृष्णनगरबाट साउनमा मात्रै २८ सय प्यान वितरण


३२ श्रावण २०७६ शनिबार ००:००  

0
Shares

मायादेवी अनलाइन, वाणगंगा ।
सरकारले सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीले अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था लागु गरेपछि आन्तरिक राजश्व कार्यालय कृष्णनगरमा प्यान लिनेको संख्या बढेको छ । कार्यालयबाट साउन महिनामा मात्रै २ हजार ८ सयले प्यान लिएका छन् । कार्यालयमा दैनिक प्यान लिन आउनेको संख्या बढेर गएको हो । अर्घाखाँची र कपिलवस्तु कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्यालय कृष्णनगरले साउनको २९ सम्म २ हजार ८ सयको प्यान वितरण गरेको जनाएको छ । कार्यालयका प्रमुख पूर्ण प्रसाद न्यौपानेको अनुसार व्यवसायिक ६ सय ८७, व्यक्तिगत १ हजार २ सय १८, भ्याट ७ सय ७१ र अन्तःशुल्क १ सय २४ ले लिएको जानकारी दिनुभयो ।
सरकारले सो व्यवस्था लागु गरेपश्चात् विशेषगरी व्यक्तिगत प्यान प्रमाणपत्र लिन आउनेको संख्या हवात्तै बढेको छ, आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपानेले भन्नुभयो, अहिलो दैनिक रुपमा सेवाग्राहीहरु व्यक्तिगत प्यान लिन आउने गरेका छन् । सरकारले जेठ १५ को बजेट तथा कार्यक्रम मार्फत अनिवार्य रुपमा प्यान लिनुपर्ने नितिगत व्यवस्था गरेको हो । सरकारले प्यान विना दिइएको तलबको हिसाव खर्चमा देखाउन नपाउने व्यवस्था गरेको छ । सो कारण प्यान लिनेको संख्या ह्वात्तै बढेको हो ।
आर्थिक विधेयक २०७६ अनुसार सरकारी, गैरसकारी तथा निजी सवै संस्थाले तलब वैकिङ्ग प्रणाली मार्फत दिनुपर्ने व्यवस्था गरेको छ । वैंक मार्फत तलब लिदा र दिदा प्यान अनिवार्य गरिएको हो । सो अनुसार १ हजार रुपैया भन्दा बढिको कारोवार गर्दा अनिवार्य प्यान मार्फत गर्नुपर्ने भएको छ । विभागको तथ्यांक अनुसार प्यान लागु भएपछि हालसम्म प्यान लिनेको संख्या २३ लाख पुगेको छ । सो प्यानमध्ये १३ लाख व्यवसायिक र १० लाख व्यक्तिगत प्यान भएको बताइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६ शनिबार ००:००  ७ : ३१ बजे