९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लमहीमा रहेको फर्निचर उद्योगमा भीषण आगलागी



दाङ ।
दाङको लमही स्थित एक फर्निचर उद्योगमा शुक्रबार मध्यरातमा आगलागी भएको छ । लमही नगरपालिका वडा नम्बर ५ मा रहेको विश्वास काष्ट फर्निचर उद्योगमा आगलागी हुँदा करिब ६५ लाख बराबरको क्षति भएको उद्योग सञ्चालक रविलाल आचार्यले बताए ।
‘एक्कासी आगो लाग्यो । उद्योग भित्र रहेकासामान बचाउन सकिएन’ उनले भने, ‘मध्यरातमा आगो लाग्दा नियन्त्रणमा लिन गाह्रो भयो । ६५ लाख जतीको क्षति भएको अनुमान छ ।’
विद्युत सर्ट हुँदा आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणको लागि लमही नगरपालिकाको दमकल, पानी ट्यांकर, स्थानीय बासिन्दा, प्रहरी लागि परेका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७६ शनिबार ००:००  ७ : ०२ बजे