९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विप्लवका चार नेताद्धारा पार्टी परित्याग



रुकुम पूर्व ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय रूपमा संलग्न चारजनाले सो पार्टी परित्याग गरेका छन् । उनीहरुले रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गर्नेमा भूमे गाउँपालिका–६ महतका ३० वर्षीय बटकुमार बुढा, सोही ठाउँका १९ वर्षीय विनोद छिनाल, २४ वर्षीय महेश सुनार र रोल्पा थवाङ गाउँपालिका–१ खेराबवाङ घर भई हाल रुकुमपूर्व भूमे–२ गाबाङमा बस्दै आएका २५ वर्षीय बालकुमार बुढा रहेका छन् ।
उनीहरुले विज्ञप्ति निकालेर शुक्रबारकै मितिदेखि जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष सो समूहसँगका सबै नाता टुटाई आगामी दिनमा कुनै सम्बन्ध नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राम्रो काम गरेर सरलजीवन जिउनका लागि चारैजनालाई भूमे–४ का वडाध्यक्ष चङ्ख बुढामगर लगायतको रोहबरमा छाडिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । रासस

प्रकाशित मिति : ३२ श्रावण २०७६ शनिबार ००:००  ६ : ५९ बजे