गुल्मी ।
गुल्मीको सत्यवतीका पहिरो पीडितहरुको लागि राहत लिएर तेस्रो पटक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रभावित क्षेत्रमा पुगेका छन् ।
शुक्रबार मन्त्री ज्ञवालीसहित बिभिन्न संघसंस्थाका प्रमुखहरु अस्थायी आवासलाई आवश्यक पर्ने राहत सामग्रीसहित पहिरो प्रभावित क्षेत्र पुगेका हुन् ।
विद्यालयमा बस्दै आएका पहिरो पीडितहरुको लागि आवश्यक १२० वटा सेट किचन किड (४६ वटा आइटम भएका सामग्रीहरु) प्रभावितलाई बितरण गरिएको सत्यवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।
पहिरोबाट प्रभावित ३ सय ७ घर परिवारका १२ सय ६० जना प्रभावितलाई राहत सामग्री र मेस संचालन गरी विद्यालयहरुमा अस्थायी शिविर संचालन गरिएकोमा छ ।
रोटरी क्लवमार्फत उपलब्ध गराइएका अस्थायी आवासका सामग्रीहरु ९० वटा पलङ, १२० वटा टेन्ट, एक क्वीन्टल चिउरा, ५० केजी सोयावडी लगायतका सामाग्रीहरु परराष्ट्रमन्त्री ज्ञवालीले प्रभावितलाई हस्तातराण गरेका हुन् ।
शुक्रवार ८२ जनालाई हस्तातरण गरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीमार्फत अस्थायी आवासका लागि आवश्यक सामग्रीहरु थप बाटोमै आउने क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।
गत साउन ७ गते राति गएको पहिरोले ठूलो जनधनको क्षती गरेको थियो । पहिरोले ठूलो क्षती र्पुयाएपछि यसअघि परराष्ट्रमन्त्री ज्ञवाली २ पटक हेलिकोप्टरमार्फत राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका थिए ।
३१ श्रावण २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया