काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको स्कुल विभागको प्रमुखमा ईश्वर पोखरेलाई चयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको हो। यस्तै प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, विदेश विभागमा माधव नेपाल, संगठन विभागमा वामदेव गौतमलाई नेतृत्व दिइएको छ। यस्तै अर्थ विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको नेता श्रेष्ठले बैठकपछि जानकारी दिएका छन्।
यस्तै नेकपाभित्र भूमिका नपाएको भन्दै असन्तुष्ट देखिएका वामदेव गौतमलाई रिझाउन नयाँ उपाध्यक्ष पद सिर्जना गरिएको छ। आजको सविचालय बैठकले उनलाई उपाध्यक्ष बनाउने सहमति गर्दै यससम्बन्धी प्रस्ताव स्थायी समितिमा पठाउने निर्णय गरेको छ। गौतमले पार्टीको अध्यक्ष पनि र प्रधानमन्त्री पनि एउटै व्यक्ति हुँदा काम हुन नसकेको भन्ने प्रतिवेदनमा उल्लेख गरेका थिए। ओली क्याम्पका नेता गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहालको पक्ष लिने गरी भूमिका खेलेपछि नेकपाभित्रको ओली समूह उनलाई आफ्नै क्याम्पमा फर्काउने प्रयासमा थियो।
प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केपछि गत मंगलबार तीन घण्टा नेता गौतमसँग बालुवाटारमा एक्लै बैठक गरेका थिए। त्यसपछि बुधबार अध्यक्षद्वय ओली र दाहालबीच छलफल भएको थियो। अध्यक्षद्वयको छलफलबाट शुक्रबार गौतम उपाध्यक्षमा सिफारिस भएका हुन्।
३१ श्रावण २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया