९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेकपा सचिवालय वैठक जारी, आज सकसको गाँठो फुक्ला ?



काठमाण्डौँ ।
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।पटक(पटक स्थगित हुँदै आएको बैठक शुक्रबार बिहान ११ बजेपछि बालुवाटारमा बसेको हो।यसअघि बिहीबार डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि औपचारिक रूपमा सुरू नै नभएर स्थगित भएको थियो।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि दिउँसो डाकिएको बैठक बिहानै बसेको हो।सचिवालय बैठक बस्नुअघि अहिले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो।प्रधानमन्त्रीले शुक्रबार बिहान गृह जिल्ला झापाबाट आएका प्रतिनिधिहरूसँग पनि भेटेका थिए।

पार्टी एकीकरण प्रक्रियाको बाँकी काम टुंगो लगाउने विषयमा नेकपा दुई अध्यक्ष निरन्तर छलफलमा भए पनि सहमति भने हुन सकिरहेको छैन।

प्रकाशित मिति : ३१ श्रावण २०७६ शुक्रबार ००:००  २ : ४७ बजे