९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अरुणखोला डाइभर्सन पानीले भत्कायो, सवारी आवागमन पुनःअवरुद्ध हुँदा २० किलोमिटर जाम



नवलपरासी ।

पूर्व–पश्चिम राजमार्गको अरुणखोला बजारको डाइभर्सन पानीले भत्काएपछि सवारी आवागमन फेरि अवरुद्ध बनेको छ ।अरुणखोलामा ट्रक ठोक्किएर पुल भाँचिएपछि डाइभर्सन बनाएर बिहीबार साँझबाट सवारी पास गराइएको थियो । तर, डाइभर्सन सञ्चालनमा आएको केही समयमा नै पानीले क्षति पुर्‍याएपछि पुनः यातायात अवरुद्ध हुन पुगेको छ ।अरुणखोला प्रहरीका अनुसार डाइभर्सनबाट सवारी पास हुन नसकेपछि अरुणखोलाबाट पूर्व–पश्चिम दुवैतर्फ २० किलोमिटर लामो जाम लागेको छ ।

दुवैतर्फ सवारी रोकिएपछि सयौं सवारी तथा त्यसमा सवार यात्रुहरू समस्यामा परेका छन् ।बाटो अवरुद्ध भएको दुवैतर्फ दशदश किलोमिटर लामो जंगल भएको र जंगलमा रोकिँदा खानेपानीसमेत नपाएको गुनासो यात्रुहरूले गरेका छन् ।कतिपय यात्रुहरुले आफूहरु २४ घण्टादेखि बाटोमा अलपत्र परेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६ शुक्रबार ००:००  २ : ४० बजे