नवलपरासी।
पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोला पुल मर्मतका लागि पन्ध्र दिन लाग्ने भएको छ । बुधबार बिहान पुलमा ट्रक ठोक्किएपछि लच्किएको पुल मर्मतका लागि १५ दिन जति लाग्ने सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए ।
पुलमा थप क्षति नपुगे काम सुरु गरेको १५ दिन सम्ममा मर्मत सम्पन्न गर्न सकिने इञ्जिनीयर सुवेदीले बताए । पुलबाट गाडी गुडाउँदा थप क्षति पुगेमा मर्मतका लागिसमेत धेरै समय लाग्ने उनले बताएका छन् । पुलमा अहिले ठूला सवारी चलाउन रोक लगाइएको छ । साना गाडीसमेत भारयुक्त गाडी लगेमा पुलमा थप क्षति पुग्ने सक्ने र यसले मर्मतमा समेत समय धेरै लाग्न सक्ने इञ्जिनीयर सुवेदीले बताए ।
सडक विभागका कर्मचारीको टोलीले अहिले डाइभर्सनलाई मजबुत बनाउन लागि परेका छन् । सामान्य रुपम एकतर्फी रूपमा डाइभर्सनबाट सवारी आवतजावत गर्न सक्ने बुधबार नै बनाए पनि बिहीबार दुईतर्फी रूपमा डाइभर्सनबाट सवारी चल्न सक्ने बनाइएको छ । इञ्जिनीयर सुवेदीका अनुसार डाइभर्सनका दुवै छेउमा ढुङ्गाका जाली भर्ने कामसमेत गरिने छ ।
प्रतिक्रिया