९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

घुस सहित त्रिवेणीका विद्युत प्रमुख सहित ३ जना पक्राउ



नवलपरासी।
पश्चिम नवलपरासीको त्रिवेणीमा रहेको नेपाल विद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्रका ३ जना कर्मचारी घुस रकम सहित पक्राउ गरेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप(वितरण केन्द्र, त्रिवेणी नवलपरासी बर्दघाट–सुस्ता पश्चिम का प्रमुुुख विजय महरा, चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत विद्युत प्राविधिक नारायण कुर्मीलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
उनीहरुले थ्रीफेज लाइनको मिटर जडान गर्न सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ४६ हजार ५ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको हो दुई जना कर्मचारीले घुसबापतको रकम लिइसकेको अवस्थामा निजहरूलाई कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६ बिहिबार ००:००  ६ : ०३ बजे