काठमाडौं ।
नेपाल वायुसेवा निगमको जापानी शहर ओशाकाको उडान निश्चित भएको छ । सर्वोच्च अदालतले देवमान हिराचनको रिटमा जारी अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेसँगै निगमको ओशाका उडान निश्चित भएको हो ।
वायुसेवा निगमले जापानको ओशाका उडानका लागि नयाँ टिकेट बिक्रेता नियुक्त गरेपछि हिराचन सर्वोच्च गएका थिए । हिराचनको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले नयाँ टिकेट बिक्रेता नियुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै निगमका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि निगमले पुनरावलोकन रिट दायर गरेको थियो ।
निगम र हिराचनको रिटमाथि संयुक्त रुपमा सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र वमकुमार श्रेष्ठको इजलाशले निगमका पक्षमा आदेश जारी गरेको हो ।
यसअघि हिराचन नेपाल वायुसेवा निगमको जापान प्रतिनिधि थिए । आफूलाई नै जनरल सेल्स एजेन्ट ९जीएसए० तोकिनुपर्ने माग गरेपछि निगमले उनलाई जापान प्रतिनिधिबाट हटाएको थियो ।
हिराचनलाई हटाएर निमगले ओशाका उडानका लागि टिकट बिक्री गर्ने एजेन्टका रुपमा एआइजे कम्पनीलाई नियुक्त गरेको थियो ।
प्रतिक्रिया