कालिकोट ।
प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि बिहिबार बम विस्फोट गरेका छन् । कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न क्रममा दुई वटा बम विस्फोट गरेका छन् ।
पचालझरना गाउँपालिका नानीकोट कोटिलागाँउबाट रास्कोटको सडक उद्घाटन कार्यक्रममा आउने क्रममा शाहीलाई लक्षित गरि रास्कोट नगरपालिकाको सडक उद्घाटन कार्यक्रमस्थल भन्दा बाहिर विप्लव कार्याकर्ताले बम बिस्फोट गराएको डिएसपी विनोद शर्माले जानकारी दिए ।
एक हप्ताका लागि गृह जिल्ला भम्रण रहेका मुख्यमन्त्री शाहीलाई लक्षित गरि विप्लव समुहका कार्यकर्ताले दिन दिनै बम विस्फोट गर्दै आएका छन् । विष्फोट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । विस्फोटमा कुनै मानवीय क्षति नभएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
मुख्यमन्त्रीको गृह जिल्ला भ्रमणको कायक्रम लामो भएको र अहिले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए । बुधबार पनि पचालझरना गाउँपालिकाको विशेष अधिवेशन उद्घाटन गर्दै गर्दा बम विस्फोट भएको थियो ।
प्रतिक्रिया