९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राप्ती आँखा अस्पतालमा आँखाका बिरामी ह्वातै बढे



दाङ ।
राप्ती आँखा अस्पताल तुलसीपुरमा आँखाका बिरामीहरु ह्वातै बढेका छन् । अन्य समयभन्दा वर्षायाममा बिरामीको संख्या गरेको अस्पतालले जनाएको छ । वर्षायाममा पानी तथा अन्य कारणले आँखाको संक्रमण बढी हुने गरको अस्पतालले जनाएको छ ।
दैनिक जसो ६र७ जना बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको अस्पतालकी प्रमुख निर्देशक डा. सुलक्ष्मी कटुवालले जानकारी दिइन् । अन्य समयभन्दा वर्षायाममा दाङलगायत अन्य छिमेकी जिल्लाका बिरामीहरु धेरै आउने गरेको उनको भनाइ छ ।
वर्षायाममा पानी दुषित हुने र त्यो आँखामा परे संक्रमण हुने डा. कटुवालले बताइन् । आँखा पाक्ने रोग एउटा व्यक्तिबाट अर्काेमा सर्ने भएकाले सतर्क रहन सुझाव दिएकी छन् । आँखा चिलाउने, बिझाउने र कचेडा आउने भए अस्पताल जानुपर्ने उनले बताइन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६ बिहिबार ००:००  ६ : १२ बजे