अर्घाखाँची ।
छत्रदेव गाउँपालिकाले स्थानीय सरकारको अधिकार कार्यन्वयन गर्दै रक्षाबन्धनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिन्दूहरुको महान पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो ।
त्यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिकाले पनि बिहीबार जनैपूर्णिमाका दिन बिदा दिने निर्णय गरेको अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया