९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

जनै पूर्णिमामा तुलसीपुरका विद्यालय बन्द



तुलसीपुर ।
जनैपूर्णिमाको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयमा बिदा दिइने भएको छ । हिन्दुहरूको महत्वपूर्ण चाडका रूपमा रहेकाले सरकारले बिदा कटौती गरे पनि स्थानीय बिदा समायोजन हुने गरी बिदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले बताए ।
संयोजक विकले सामुदायिक र संस्थागत सबै विद्यालयमा बिदा दिइएको जानकारी गराए । ’विद्यार्थीको मागलाई ध्यानमा राखेर हामीले स्थानीय आवश्यकताको बोध गर्दै बिदा दिएका हौँ’ संयोजक विकले भने ।
शिक्षा समितिले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विभिन्न समयमा बिदा दिँदै आएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६ बुधबार ००:००  १० : २० बजे