काठमाडौं ।
नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले भारतले सकेको दिन नेपाललाई पनि सिक्किम र भुटानजस्तै बनाउने बताएका छन् ।
बुधबार संघीय संसद, प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बैठकमा बोल्दै भने, “हिन्दुस्तानले सकेका दिन नेपाललाई सिक्किम बनाउँछ । यो तथ्य हो है । सकेको दिन भुटान पनि बनाउँछ ।”
चीनले तिब्बत बनायो, हिन्दुस्तानले अहिले काश्मीर खायो भन्दै उनले नेपालको कुटनीतिक जानकारी न्यून भएको बताए । उनले सबैभन्दा ठूलो विफलता नै कूटनीतिक विफलता भन्दै कूटनीति भनेको चुनाव लड्दा गर्ने भाषणजस्तो नभएको बताए । सत्तामा जाँदा पूरा गर्न नसकिने कुरा विपक्षमा बस्दा बोल्न नहुने पनि उनको सुझाव थियो ।
प्रतिक्रिया