पाल्पा ।
पाल्पामा पहिलो पटक नौमती बाजा प्रतियोगिता हुने भएको छ । तानसेन नगरपालिकाको आयोजनामा जिल्लाका स्थानीय तहमा रहेका समूहबीच प्रतियोगिताको आयोजना गरिन लागिएको हो । ऐतिहासिक भगवती जात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमीका दिन भदौ ६ गते तानसेनको टुँडिखेल मैदानमा प्रतियोगिता हुने नगरपालिका अन्तरगतको टुरिजम एक्सन कमिटीका संयोजक सागर महर्जनले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुने समूहलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक महर्जनको भनाइ छ । तानसेन नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णु पौडेलका अनुसार प्रतियोगितामा सहभागी हुन नगरपालिका, गाँउपालिका तथा सम्बन्धित वडाको सिफारिस अनिवार्य हुनुपर्ने बताइएको छ ।
प्रतियोगितामा प्रचलित नौमतीका सबै बाजाहरु हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया