९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ



कास्की ।
पोखराको ११ वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ परेका छन् ।
काठमाण्डौ महानगरपालिका –११ स्थायी ठेगाना भएर पोखरा महानगरपालिका–१० मा कोठा भाडामा बस्दै आएका ५१ वर्षका किशोर थापा पक्राउ परेका हुन् । उनले केही समयको अवधिमा पोखराका वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गरेका थिए ।

उनी यसअघि पनि चोरी मुद्दामा पटक–पटक जेल परिसकेका व्यक्ति भएको खुल्न आएको प्रहरीले जनाएको छ । यसअघि उनी चोरी मुद्दामा एक पटक पाँच वर्ष र अर्को पटक तीन वर्ष जेल बसेका थिए ।

पछिल्लो पटक विसं २०७४ सालमा जेलबाट छुटेर थापा फेरि चोरी धन्दामा लागेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

थापासँगै चोरीको सामान किन्ने रुपचन्द्र गोपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको कलंकीमा कम्प्युटर मर्मत पसल चलाउँदै आएका गोपालीले चोरीको सामान किनबेच गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६ बुधबार ००:००  १२ : १२ बजे