९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसमविद भन्छन्, धेरैजसो स्थानमा बर्षा हुन्छ



काठमाडौँ ।
देशको मध्य तथा पूर्वी तराईका क्षेत्रमा हाल आंशिक बदली तथा अरु क्षेत्रमा सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमको पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा पनि भइरहेको छ ।
देशका धेरैजसो स्थानमा बुधबार दिनभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । यस्तै केही स्थानमा चट्याङ्ग पर्ने सम्भावना पनि छ ।
काठमाडौँ उपत्यकामा बिहानै घाम लागेको भए पनि अपराहन्नपछि बदली भइ केहीबेर पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
बुधबार राति पनि देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पूर्व र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
मनसुनी न्यून चापीय रेखा औसत स्थानमा रहेको र पश्चिमी छेउ उत्तर तिर सर्ने क्रम जारी रहेको छ । यस्तै पूर्वी नेपाल नजिक न्यून चापीय प्रणाली बनेकाले त्यसको प्रभाव पूर्व र मध्य क्षेत्रमा पर्ने छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६ बुधबार ००:००  ८ : ३२ बजे