बुटवल ।
बुटवल क्षेत्रका आठ स्थानमा सिसिक्यामेरा जडान गरिएको छ । प्रदेश नं. ५ को अस्थायी राजधानीको रुपमा समेत रहेको यस क्षेत्रमा सवारी चाप, सुरक्षा संवेदनशिलता र बढ्दो सडक दुर्घटना न्युनिकरण गर्नको लागी सिसिक्यामेरा निकै प्रभावकारी हुने विश्वास लिईएको छ । बुटवलको गोलपार्क, हस्पिटल लाईन, भुड्कीचोक, मिलनचोक, चौराहा, विद्युतचोक, नेपालगन्ज रोड, तिनाउँ पूल दुवै तर्फ गरी बुटवल क्षेत्रमा मात्रै फिक्स प्रविधिका र पिटिजेड प्रविधिका गरी ८ वटा सिसिक्यामेराहरु जोडिएका हुन् ।
जसको कन्ट्रोल प्रदेश ट्राफिक कार्यालय, प्रदेश नं ५ बुटवलले प्रत्यक्ष रुपमा गर्नेछ भने देवदहको खैरेनी, सैनामैनाको सालझण्डी, मूर्गीया, सिद्धार्थनगरको भैरहवाका विभिन्न क्षेत्रहरु, तिलोत्तममाको शंकरनगर, ड्राईभरटोल र मणिग्राम लगायतका क्षेत्रहरुमा समेत सिसिटीभिलाई सम्बन्धित क्षेत्रका प्रहरी कार्यालयको मातहतमा प्रत्यक्ष निगरानी गरिनेछ ।प्रदेश ५ का ट्राफिक प्रहरी प्रमुख एसपी मधुसुदन लुईटेलका अनुसार प्रदेश प्रहरीसँग २५ वटा भन्दा धेरै क्यामेरा कन्ट्रोल गर्न सक्ने क्षमताको कन्ट्रोल रुम छ । तर हाललाई ८ वटा मात्रै प्रयोगमा ल्याइएको लुईटेलले बताएका छन् ।
प्रदेश ५ को सरकारको सिसिक्यामेरा प्रदेश ५ भरका १२ वटा जिल्ला र ट्राफिकमा समेत गरी १३ ठाउँमा राख्ने गरी झण्डै ३ करोडको बजेट छुट्याइएको थियो । जसमा रुपन्देहीलाई ३० लाख रुपैँया बराबरको सिसिटिभी क्यामेराहरु जडान गर्ने रकम निकासा भएको थियो । प्रदेशका धेरैजसो जिल्लाहरुले यो कार्यक्रम सम्पन्न गरिसकेका छन् भने आगामी दिन यसको परिमाण बढाउँन आवश्यक देखिन्छ ।
सिसिक्यामेराको सहायताले थोरै जनशक्तिले पनि धेरै काम गर्न सक्छन् । साथै अपराधिक गतिविधिहरु पूर्ण रुपमा नियन्त्रण गर्न समेत सकिन प्रहरीको भनाई छ । सवारी दुर्घटना एवं अन्य अपराधिक गतिविधीहरुलाई नियन्त्रण गर्न यस क्षेत्रमा लामो समयदेखी खड्किएको सिसिक्यामेराको आवश्यकता अब पूरा हुँदैछ ।
प्रदेश नं. ५ भर नै लागू हुने प्रदेश सरकारको सिसिक्यामेरा निग्रानी राख्ने कार्यक्रममा प्रदेश प्रहरी, ट्राफिक प्रहरी, प्रदेश सरकार र स्थानीय प्रशासनको समेत समन्वय रहेन बताईएको छ ।
२८ श्रावण २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया