काठमाडौं ।
काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ ।
मंगलबार मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले यसअघि देखि अभ्यासमा रहेको ४६ जना खेलाडीबाट १६ जना खेलाडीलाई घर फर्काउँदै ३० जना खेलाडी छनोट गरेका हुन् ।
शसस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा हुने खेलमा नेपाली युवा टोलीले जीत हात पार्ने लक्ष्यसहित अभ्यास गरिरहेको प्रशिक्षक श्रेष्ठले बताएका छन् ।
साउन १९ गतेदेखि जावलाखेलमा अभ्यास शुरु गरेको युवा टोलीको सुरुवाती १० दिनको अभ्यासमा प्रशिक्षक श्रेष्ठ सन्तुष्ट छन् । उनले भने, ‘तयारी राम्रो भएको छ । अहिले हामीले फिजिकलमा ध्यान दिएर अभ्यास र्गयौं । बाँकी दुई हप्तामा मिड्फिल्डलाई जोड दिएर अभ्यास गर्छौं । बाँकी समयमा चाँही टीम सेटमा ध्यान दिनेछौं ।’
नेपाली युवा टोली
गोलरक्षक – विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना
डिफेन्डर – बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बु, एन्जल महर्जन
मिडफिल्डर – शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझी, जया गुरुङ, मनिष थापा, कुशस पौडेल, नितिन थापा
फरवार्ड – ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डांगी
प्रतिक्रिया